+
+
Shares

रुपन्देहीका कोरोना संक्रमित वृद्धको ग्राण्डी अस्पतालमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १५:५६

५ असोज, बुटवल । रुपन्देहीको देवदहका एकजना कोरोना संक्रमित वृद्धको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले पुष्टि गरे ।

भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई भदौ २ गते ग्राण्डी अस्पताल पुर्‍याइएको थियो । परिवारका ८ जनामा कोरोना संक्रमण भएका मध्ये उनकी श्रीमती र छोराको पनि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । घरमा रहेका अन्य ५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय सामाजिक अगुवा गुमानसिंह कुँवरले बताए । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?