
२० असार सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, स्याउलेमा बिहीबार बेलुकीको वर्षासँगै पहिरो खसेपछि वडा कार्यालय, स्वास्थ्य चौकी र नीजि घर जोखिममा परेका छन् ।
वर्षाको कारण चौतारा साँगाचोकगढी नगरपालिका–१ को वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानीय केशवलाल श्रेष्ठको ३ तले पक्की घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, स्थानीय सरकार तथा सरोकारवाला निकायको संयुक्त टोली शुक्रबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
वडा कार्यालय, स्वास्थ्य चौकी र स्थानीय केशवलाल श्रेष्ठको घर सुरक्षित स्थानमा स्थानान्तरणको लागी अनुरोध गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया 4