Comments Add Comment

७ महिनापछि त्रिभुवन विमानस्थलमा फर्कियो चहलपहल

५ असोज, काठमाडौं । गत चैतमा सरकारले कोरोना महामारी फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेपछि बन्द भएको आन्तरिक हवाइ उडान सोमबारदेखि सुरु भएको छ ।

लकडाउका बेला त्रिभुवन विमानस्थलबाट नियमित फ्लाइट बन्द गरेर केही चार्टर्ड फ्लाइटमात्र सञ्चालन गरिएको थियो । तर सात महिनापछि सोमबारदेखि स्वास्थ्य सावधानी अपनाएर आन्तरिक उडान सुरु भएको छ ।

आन्तरिक उडान सुरु भएकै दिन  धेरै यात्रु विमान चढेर गन्तव्यमा जान विमानस्थल पुगे । आफ्नो लगेज र झोला बोक्ने एयरपोर्ट पुगेका सर्वसाधारणको दृश्य फेरि फर्किएको छ । विमानस्थलको पार्किङमा ट्याक्सी र निजी सवारी  साधन पनि बाक्लो देखिन्थ्यो ।

आगामी ९ दिनसम्म साविकको तुलनामा २५ प्रतिशत हवाई उडान हुनेछन् । सामाजिक दुरी कायम गरी पूर्ण स्वास्थ्य सतर्कता अपनाएर हवाई यात्रा सेवा भएको विमानस्थल कार्यालयले जनाएको छ । १ अक्टोबरपछि भने उडान तालिका मागका आधारमा थपघट हुनेछ ।

पहिलो चरणमा दैनिक ४३ वटा उडानलाई अनुमति दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आजबाट सुगममा बुद्ध एयरले १६, यतीले १०, श्रीले ६ तथा सिम्रिक र सौर्यले १–१ उडानको अनुमति पाएका छन् ।

हेर्नुहोस् तस्वीरहरु 

 

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment