News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले राष्ट्रसंघ महासभामा महासचिव एन्टोनियो गुटेरेससँग मात्रै भेट्ने र बाँकी भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी हुने भएका छन्।
- बालेनले गुटेरेससँग भोटेकोशी संकट, जलवायु न्याय र नेपालजस्ता देशले भोगिरहेको विपत्तिबारे कुरा राख्ने तयारी गरेका छन्।
- उनले राष्ट्रसंघ महासभामा १५ मिनेट सम्बोधन गर्नेछन्, जहाँ जलवायु संकट, युद्ध र गरिब देशमाथिको असरबारे बोल्ने तयारी छ।
८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने क्रममा एउटा मात्रै कूटनीतिक भेट गर्ने भएका छन् ।
राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेससँग उनको नेपाली समय अनुसार आज राति भेट हुने भनिएको छ । बाँकी भेटहरूमा परराष्ट्रमन्त्री शिशिर खनालले भाग लिइरहेका छन् ।
यसअघि भारत र चीनसँगका साइडलाइन मिटिङमा प्रधानमन्त्री बालेन सहभागी हुन सक्ने आकलन गरिए पनि प्रधानमन्त्री कार्यालयले उक्त सम्भावना खण्डन गरेको छ ।
केही महिनाभित्र उच्च तहका कूटनीतिक भ्रमणमा नै विषयहरू उठ्न सक्ने भन्दै अहिले राष्ट्रसंघको मन्चमा अरु भेटघाट नराखिएको प्रधानमन्त्री निकट स्रोतले अनलाइनखबरलाई बतायो ।
राष्ट्रसंघ महासचिव गुटेरेससँग बालेनले भोटेकोशी संकट, त्यसले उब्जाएका विभिन्न एजेन्डाबारे भनाई राख्ने जानकारी प्राप्त छ । उनले जलवायु न्यायको विषय प्रमुखतासाथ उठाउने तयारी गरेका छन् ।
त्यसपछि प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नेछन् । उनका लागि १५ मिनेट समय छुट्याइएको छ ।
भाषणमा जलवायु संकट, नेपालजस्ता देशले बेहोरिहेको विपत्तिका विषय प्रमुखतासाथ उठ्नेछन् ।
बालेनले संयुक्त राज्य अमेरिकालक्षित अभिव्यक्ति दिने सम्भावना छ । त्यस भाषणमा पश्चिम एसिया लगायत क्षेत्रमा देखिएको तनाव अनि युद्धको विषय उल्लेख्य रुपमा उठाउने तयारी छ ।
प्रधानमन्त्रीले केही मिनेट नेपालीमा, अनि अंग्रेजीमा बोल्न सक्ने बताइएको छ । कलाकार पृष्ठभूमिका प्रधानमन्त्रीबाट भाषण क्रममा केही रोचक परिदृश्यसमेत देख्न सकिने सम्भावना स्रोतले औंल्यायो ।
अमेरिकाले विभिन्न देशमा प्रत्यक्ष र परोक्ष थोपरिरहेको युद्धका कारण नेपालजस्ता गरिब देशसमेत प्रताडित बन्नुपरेको विषयलाई प्रधानमन्त्री बालेनले प्रमुखतासाथ उठाउने तयारी गरेका छन् । तर परिस्थिति हेरेर भाषणको मस्यौदा अदलबदल हुने सम्भावना पनि छ ।
‘उनीहरूले ट्रिलियन डलरको युद्ध गर्छन्, तर हामीलाई केही सय रुपियाँको ग्यास पेट्रोल आदिको मार पर्छ,’ बालेनले तयारी गरेको भाषण उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो, ‘युद्ध रोक, शान्तिका लागि काम गर भनेर नेपालजस्तो देशले सन्देश दिन सक्छ । हेरौं न, माहोल कस्तो हुन्छ । अलिकति त माहोलले पनि गर्छ ।’
पोहोर फेब्रुअरी २०२५ मा बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लक्षित कडा स्टाटस लेखेका थिए । बालेनले ट्रम्पलाई मेन्सन पनि गरेका थिए, जहाँ डिभी लट्री खुलाएर नेपालीहरूलाई लैजाने गरिएको, त्यहाँ अल्छी मानिसहरूको कमी नभएकाले नै नेपालबाट श्रमिक लैजाने गरिएको भन्ने सन्देश दिने कटाक्ष उल्लेख थियो ।
इतिहासको संयोग, तत्कालीन काठमाडौं महानगर मेयर बालेन यही एक वर्षबीचमा नेपालका प्रधानमन्त्री नै बनेका छन् । अमेरिकाकै न्युयोर्कमा आयोजित राष्ट्रसंघ महासभामा ट्रम्प, सी चिनफिङलगायत सहभागी छन्, जहाँ प्रधानमन्त्री बालेन नेपालका तर्फबाट नेतृत्व गर्दै पुगेका छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेनले त्यहाँ डिनर वा अन्य खाले औपचारिकतामा सहभागी हुने सम्भावना लगभग छैन । उनी तुरुन्तै काठमाडौंका लागि उड्ने छन् । परराष्ट्रमन्त्री खनालले बाँकी समारोहहरूमा उपस्थिति जनाउने छन् ।
प्रतिक्रिया 4