Comments Add Comment

नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

५ असोज, काठमाडौं । अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल पेमेन्टमार्फत सिधै रेमिट्यान्स पठाउन सक्नेछन् । यो व्यवस्था लागू भएपछि विदेशमा रहेका नेपालीहरु पैसा पठाउनका लागि बैंक वा रेमिट्यान्स कम्पनीमा भौतिक रुपमै उपस्थित हुनु पर्ने छैन ।

नेपाल पैसा पठाउनका लागि मोवाइल बैंकिङ, यन्टरनेट बैंकिङ, इलेक्टि्रक कार्ड, डिजिटल वालेट आदीको प्रयोग गर्न सकिनेछ । यसरी विदेशबाट पठाएको रकमको नेपालमा रेमिट्यान्स कम्पनीहरुले नेपाली रुपैयाँमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसका लागि नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७ को साविकका व्यवस्थाका अतिरित्त केहि शर्तहरु राष्ट्र बैंकले तोकेको छ ।

यस्ता छन् राष्ट्र बैंकले तोकेका शर्तहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment