Comments Add Comment

चिनियाँ राष्ट्रपति सीका कट्टर आलोचकलाई १८ वर्ष जेल सजाय

६ असोज, काठमाडौं । चीनमा राष्ट्रपति सी चिनफिङका एक कट्टर आलोचकलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । चीनको सरकारी रियल इस्टेट कम्पनी हुआयुआनका पूर्व अध्यक्ष रेन झिछियाङलाई अदालतले भ्रष्टाचारको आरोपमा १८ वर्षको जेल सजाय सुनाएको हो । मंगलबार चीनको इन्टरमिडियट कोर्टले रेनलाई थप ४२ लाख चिनियाँ युआन बराबरको जरिवानाको फैसला सुनाएको छ ।

अदालतका अनुसारले रेनले ११ करोड १० लाख युआनबराबरको आर्थिक हिनामिना वा दुरुपयोग गरेका थिए । साथै एक अर्ब २५ करोड युआन घुस लिएको अदालतको फैसलामा उल्लेख छ । उनले आफ्नो पदको दुरुपयोग गर्दै कम्पनीलाई ११ करोड ७० लाख युआनको नोक्सानीमा लगेको र आफूले एक करोड ९४ लाख युआनभन्दा धेरै रकम आर्जन गरेको पाइएको अदालतले उल्लेख गरेको छ ।

रेनले आफूमाथि लागेको सबै आरोप स्वीकार गरिसकेको अदालतले बताएको छ । यो फैसलाको पुनरवलोकनको निवेदन दिन पाइनेछैन । गत मार्च महिनामा कोरोना भाइरस नियन्त्रण गर्न नसकेको भन्दै राष्ट्रपति चिनफिङको आलोचना गरेसँगै उनी पक्राउ परेका थिए । पछि बेइजिङको भ्रष्टाचारविरोधी नियामक संस्थाले उनीमाथि गम्भीर अनुशासनको उल्लंघनको मुद्दामा अनुसन्धान भइरहेको बताएको थियो । उनलाई गत जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यबाट पनि हटाइएको थियो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment