
६ असोज, काठमाडौं । मेक्सिकोमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । मेक्सिकोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोनाको कारण सात लाख ५८० संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा दुई हजार ९१७ नयाँ संक्रमित फेला परेका थिए ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि ७३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र मेक्सिकोमा २०४ जनाको कोरोनाका कारण मृत्यु भएको हो । कोरानाबाट मृत्यु हुनेमा मेक्सिको चौथो स्थानमा छ । पहिलो स्थानमा रहेको अमेरिकामा अहिलेसम्म कोरोनाबाट करिब दुई लाख मानिसको मृत्यु भइसकेको छ भने ब्राजिलमा एक लाख ३७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै भारतमा पनि करिब ८९ हजारको मृत्यु भइसकेको छ ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4