+
+
Shares

सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा अल्पकालीन अवधिका लागि ५ प्रतिशत र दीर्घकालीन अवधिका लागि ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको छ।
  • ३६५ दिनभन्दा बढी धितोपत्र होल्ड गर्नेले अब नाफामा ३.५ प्रतिशत र सोभन्दा कम अवधि होल्ड गर्नेले ५ प्रतिशत कर तिर्नुपर्नेछ।
  • निर्णय राजपत्रमा प्रकाशन भएकै दिनबाट लागू हुनेछ, जबकि हाल दीर्घकालीनमा १० प्रतिशत र अल्पकालीनमा ७.५ प्रतिशत कर लाग्दै आएको छ।

३१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले सेयर कारोबारमा पूँजीगत लाभकर घटाएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा ५ प्रतिशत र दीर्घकालीन अवधिको कारोबारमा नाफाको ३.५ प्रतिशत पूँजीगत लाभकर कायम गर्ने निर्णय गरेको हो ।

‘नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने’ बैठकको निर्णयमा उल्लेख छ ।

अब यो निर्णय राजपत्रमा प्रकाशन गरेकै दिनबाट कार्यान्वयनमा आउनेछ । हाल ३६५ दिनभन्दा बढी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा ७.५ प्रतिशत तथा सोभन्दा कम अवधि होल्ड गर्नेले नाफामा १० प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

गत बजेटबाट मात्रै पूँजीगत लाभकर ५ र ७.५ बाट बढाएर क्रमशः ७.५ र १० प्रतिशत पुर्‍याइएको थियो । तर हालै अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजी बजार सुधार कार्यायोजना ल्याउँदै त्यसमा पूँजीगत लाभकर घटाएर ३.५ र ५ प्रतिशत कायम गर्ने उल्लेख गरेका थिए । अर्थको सो प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?