+
+
Shares

कांग्रेस महाधिवेशन रोक्ने निवेदन सर्वोच्चद्वारा दरपिठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १९:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिट निवेदन दरपिठ सदर गरेको छ।
  • सर्वोच्च प्रशासनले एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्कोमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो।
  • कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म र इतर पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशनको मिति तोकेका छन्।

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको छ। कांग्रेस संस्थापन समूह र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन मिति घोषणा गरेका छन्।

उक्त दुवै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन पेस भएको थियो। यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो।

कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले रिट दिएका थिए। सर्वोच्च प्रशासनले एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता गर्न अस्वीकार गरेको थियो।

उक्त दरपिठविरुद्ध पनि निवेदन परेको थियो। आज उक्त रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सर्वोच्च प्रशासनकै आदेशलाई सदर गरिदिएको हो। कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ। इतस पक्षले मंसिर २१ देखि २३ गतेसम्म हुने गरी केन्द्रीय महाधिवेशनको समय निर्धारण गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?