News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ९ हजार ९४ निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन्।
- केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले केन्द्र र सात प्रदेशमा २१ जना निर्वाचन अधिकृत र मतदान अधिकृत खटिने बताए।
- समितिका अनुसार ७७ जिल्ला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र ७५३ पालिकामा पनि अधिकृत खटाइनेछन्।
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा नौ हजारभन्दा बढी निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने भएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर नौ हजार ९४ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने जनाएको हो ।
समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रमा तीन जना र सात प्रदेशमा पनि तीन जनाका दरले २१ जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने छन् ।
यस्तै ७७ जिल्ला, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, ७५३ पालिका र ६ हजार ७४३ जना र अन्य एक हजार जना निर्वाचन अधिकृत र मतदान अधिकृतहरू खटिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4