+
+
Shares

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १४:३८

६ असोज, काठमाडौं । मकवानपुरको लोथर खोलास्थित ड्याम साइडबाट अवैध लागूऔषध गाँजासहित मंगलबार तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका–४ का २७ वर्षीय मदन कोइराला, सोही गाउँपालिका–९ का २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले उनीहरुलाई मनहरी गाउँपालिका–६ लोथर खोलाको ड्याम साइडबाट नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ६ वटा बोरामा करिब एक क्विन्टल गाँजा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?