+
+
Shares

थप ११५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ५ गते १६:२९

५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ५३३ नमुना परीक्षण गर्दा ४१८ महिला, ७३६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । उनीहरुमध्ये ४२७ जनाको मृत्यु भएको छ भने ४७ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १००५ जना संक्रमणमुक्त भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६७४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जना छन् ।

यस्तै मोरङका १०७ जना, सप्तरीका ४७, कैलालीका ३७, रौतहटका २९, सुर्खेतका २८, नवलपरासीका २४, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६, महोत्तरीका १४, सुनसरीका ११, काभ्रे र बाँकेका १०/१० जना तथा कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?