+
+
Shares

युवा संघ नेपालको संयोजक रोशन थापा, भदौमा महाधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १७:५०

२७ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको महाधिवेशन आयोजक समिति संयोजक रोशन थापा बनेका छन् ।

इन्चार्ज लक्ष्मण केसीले बक्तव्य जारी गरी थापा संयोजक रहेको आयोजक समिति बनाइएको जानकारी दिएका हुन् । यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ ।

आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई बनेका छन् ।

आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?