+
+
Shares

युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १४ गते २१:२८

१४ चैत, काठमाडौं । नेकपा एमाले निकट जनवर्गीय संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

काठमाडौंको बिजुलीबजार क्षेत्रमा युवा संघका नेता कार्यकर्ताहरूले जुलुस निकालेको हो ।

एमालेका विभिन्न संगठनहरूले शनिबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा प्रदर्शन गरेका थिए । माइतीघर–बबरमहल क्षेत्रमा एमालेका कार्यकर्ताहरूले शनिबार प्रदर्शन गरेका थिए । उनीहरूले भोलि पनि प्रदर्शन गर्ने बताएका छन् ।

युवा संघका नेताहरूले दिएको जानकारी अनुसार, भोलिबाट हुने प्रदर्शन अझै आक्रामक हुनेछ ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।

त्यसबेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री र कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए । ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन शुरु गरेको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?