१६ माघ, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नेतृत्व फेर्ने भएको छ ।
अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य भएको र प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट उम्मेदवार रहेकाले नेतृत्व छोड्ने तयारी गरेका छन् । राष्ट्रिय सभा गृहमा बोलाइएको केन्द्रीय युवा परिषद्को बैठकबाट थेबेले नेतृत्व छोड्ने तयारी भइरहेको छ ।
गत जेठमा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट थेबे दोस्रोपटक अध्यक्ष निर्वाचित भएका थिए । ‘यही बीचमा पार्टीको केन्द्रीय सदस्य हुनुभयो, अहिले प्रतिनिधि सभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ, त्यसैले युवा संघको नेतृत्व छोड्न लाग्नुभएको हो,’ एक पदाधिकारीले भने ।
उनका अनुसार थेबेले छोडेपछि उपाध्यक्ष महाराज गुरुङ अध्यक्ष हुनेछन् । गुरूङलाई यही बैठकले नयाँ अध्यक्ष चयन गर्ने तयारी छ ।
प्रतिक्रिया 4