+
+
Shares

एमालेको युवा परिचालन संयोजक तोकिए थेबे

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते १५:२०

२२ पुस, काठमाडौं । नेकपा एमालेले युवा संघका अध्यक्ष क्षितिज थेबेलाई युवा परिचालनको संयोजक तोकेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले थेबेलाई संयोजक तोक्ने निर्णय गरेको हो ।

आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्न उनलाई संयोजक तोकिएको जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा थेबे ताप्लेजुङबाट उम्मेदवार सिफारिस पनि भएका छन् ।

युवा परिचालनको जिम्मेवारी पाएका थेबेले युवालाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका पक्षमा एकताबद्ध गरिने प्रतिक्रिया दिए ।

त्यस्तै, एमालेले निर्वाचन परिचालनको रुपमा रामबहादुर थापा बादललाई संयोजक तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?