+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
भारत–पाकिस्तान तनाव :

सीमा क्षेत्रमा बढाइयो सुरक्षा सतर्कता, आवतजावत गर्न परिचयपत्र अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १७:००

२७ वैशाख, धनगढी । भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो युद्धको प्रभाव नेपालका सीमावर्ती क्षेत्रहरूमा समेत प्रत्यक्ष देखिन थालेको छ । भारतसँग जोडिएको कैलालीको गौरीफन्टा नाकाको चेकजाँचमा कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीले गौरीफन्टामा आवतजावत गर्ने सबै नागरिकहरूमाथि कडाइका साथ निगरानी थालेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले भारत जान चाहने नेपाली नागरिकले अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्र तथा भारतीय आधार कार्ड अनिवार्य रूपमा देखाउनुपर्ने बताए ।

‘सामान्य समयमा भन्दा अहिले चेकजाँच, गस्ती र पेट्रोलिङ व्यापक रूपमा बढाइएको छ,’ डीएसपी धामीले अनलाइनखबरसँग भने ।

उनका अनुसार युद्धको संवेदनशीलता र सुरक्षाको दृष्टिले सीमा क्षेत्रमा जोखिम न्युनिकरण गर्न चेकजाँच बढाइएको हो ।

नेपाल प्रहरीले समेत सीमामा निगरानी तीव्र पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले गौरीफन्टासहितका भारतसँग जोडिएका सबै नाकाहरूमा कडाइ बताए ।

‘हामीले चेकजाँच बढाउनुका साथै चोरी, तस्करीजस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रणमा समेत ध्यान दिएका छौं,’ प्रवक्ता सिंहले भने ।

हालको परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ ।

यसैबीच प्रशासनले सीमा क्षेत्रका बासिन्दालाई सचेत रहन र शंकास्पद गतिविधि देखिएमा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?