+
+
Shares

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन पुनर्संरचना गर्ने घोषणा गरेको छ।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमामा सुधार गर्ने योजना रहेको बताउनुभयो।
  • सरकारले स्थानीय तहमा आधारभूत अस्पतालसम्म पहुँच सुनिश्चित गर्दै सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विस्तार गर्ने नीति लिएको छ।

२८ वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित पुनर्संरचना गरिने बताए ।

सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग उठाइरहेका छन् ।

हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दाबी भुक्तानी ढिलो हुनेलगायत गुनासो बढिरहेका छन् ।

कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागु गर्दै आवश्यक जनशक्ति औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गर्ने सरकारले नीति लिएको छ ।

‘स्वास्थ्य सेवालाई लागत प्रभावकारी र नागरिक मैत्री बनाउने गरी स्थानीय तहमा आधारभूत अस्पताल सम्मको पहुँच सुनिश्चित गरिनेछ,’ पौडेलले भने ।

त्यसैगरी, सामुदायिक स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता संख्या एवं दायरा विस्तार गर्ने सरकारको योजना छ । टेलि हेल्थ प्लेटफर्म मार्फत दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलव्ध सरकारको नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?