
२७ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् ।
‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।
एएनआईको रिपोर्टअनुसार, भारत र पाकिस्तानबीच हालैको गोलीबारी र सैन्य कारबाही रोक्नका लागि सीधा संवाद भएको छ।
स्रोतहरूका अनुसार, आज दिउँसो पाकिस्तानका डीजीएमओ (डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन्स्) ले पहल गर्दै भारतसँग सीधा सम्पर्क गरेका थिए । त्यसपछि दुवै पक्षबीच संवाद भएको र गोलीबारी तथा सैन्य तनाव रोक्ने सहमति बनेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4