Comments Add Comment

अमेरिकी दादागिरीको इरानले गतिलो जवाफ फर्काउँछ : रौहानी

६ असोज, काठमाडौं । इरानका राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुकमाथि राष्ट्रसंघद्वारा दोस्रोपटक प्रतिबन्ध लगाउने मामिलामा अमेरिकाको हार भएको बताएका छन् । उनले अमेरिकाका सहयोगीको रुपमा रहेका युरोपेली सहयोगीले नै यो एकतर्फी निर्णयलाई अवैध घोषित गरेको रौहानीले बताए ।

राष्ट्रको नाममा सन्देश दिने क्रममा रौहानीले अमेरिकाको दादागिरीको गतिलो जवाफ फर्काउने बताएका छन् । अमेरिकाले भने इरानमाथि दोस्रोपटक प्रतिबन्ध लगाउने निर्णय इरानसँग भएको परमाणु सम्झौताको आधारमा नै गरिएको बताएको छ । अमेरिका यो सम्झौताबाट यसअघि नै बाहिरिइसकेको छ । यद्यपि बेलायत, फ्रान्स र जर्मनीले अमेरिकालाई इरानमाथि दोस्रोपटक इरानमाथि प्रतिबन्ध लगाउने कुनै अधिकार नभएको बताएका छन् । यी तीन मुलुकका साथै चीन र रुस पनि सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौतामा सामेल थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने त्यतिबेला इरानसँग भएको यो सम्झौताको विरुद्धमा देखिएका थिए । अमेरिका इरानसँगको सम्झौताबाट बाहिरिएसँगै इरानले पनि मुलुकमा युरेनियमको उत्पादन बढाउन सुरु गरेको थियो ।

यद्यपि अमेरिकाले प्रस्ताव गरेअनुसार इरानमाथिको प्रतिबन्धको प्रस्ताव भने राष्ट्रसंघको सुरक्षा परिषद्का लगभग सबै मुलुकले अस्वीकार गरेका थिए । यससँगै इरानका राष्ट्रपति रौहानीले प्रतिबन्ध लगाउने मामिलामा अमेरिकाले पराजयको सामना गरेको बताएका छन् । साथै उसले नकारात्मक प्रतिक्रियाको सामना गर्नुपरेको उल्लेख गरेका छन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा इरानको विषयमा विवाद देखिएको हो । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफू राष्ट्रपतिमा विजयी भए पुनः इरानसँगको परमाणु सम्झौतामा सामेल हुने बताइसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment