News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग बैठक भएको पुष्टि गरेको छ।
- इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले कतारको मध्यस्थतामा अमेरिकी पक्षसँग सम्पर्क भएको र इरानले आफ्ना मागहरू स्पष्ट राखेको बताए।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रतिनिधिमण्डलसँग करिब तीन घण्टा धेरै राम्रो बैठक भएको बताएर, मध्यस्थहरूमार्फत मात्र कुराकानी भएको स्पष्ट पारे।
७ असोज, काठमाडौं । इरानले न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको साधारण सभाका क्रममा अमेरिकी प्रतिनिधिहरूसँग आफ्नो बैठक भएको पुष्टि गरेको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले अमेरिकी पक्षसँग कतारको मध्यस्थतामा सम्पर्क भएको जानकारी दिएका छन्।
इस्माइल बाकाइले भने, “गत हप्ता इरानले होर्मुज स्ट्रेट, क्षेत्रीय सुरक्षा र कूटनीतिलाई लिएर आफ्नो अडान स्पष्ट पारेको थियो। त्यसपछि न्युयोर्कमा इरानी प्रतिनिधिमण्डलले अमेरिकी पक्षसमक्ष आफ्ना मागहरू स्पष्ट रूपमा राखेको छ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी अधिकारीहरू र इरानी प्रतिनिधिमण्डलबीच करिब तीन घण्टासम्म धेरै राम्रो बैठक भएको बताएका थिए।
तर उनले यो कुराकानी मध्यस्थहरूका माध्यमबाट मात्र भएको स्पष्ट पारेका थिए।यो बैठकअघि डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की पनि दिएका थिए।
उनले संयुक्त राष्ट्रसङ्घको साधारण सभामा अमेरिकासँग दुईवटा बाटो रहेको र ती इरानसँग सम्झौता गर्नु वा उसलाई सिद्ध्याउनु भएको बताएका थिए। एजेन्सी
प्रतिक्रिया 4