Comments Add Comment

बालबालिकाको मुन्द्रा र रिङ लुट्ने महिला पक्राउ

७ असोज, काठमाडौं । बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने र लुटिएका मुन्द्रा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले म्याग्दी घर भई काठमाडौं बालाजुमा बस्ने ३२ वर्षीय संगीता क्षेत्री र काभ्रे घर भई ललितपुरको सौगलमा बस्ने मुरली बिकलाई मंगलबार पक्राउ गरेको हो।

क्षेत्रीलाई बालबालिकाको कानको मुन्द्रा लुटपाट गरेको आरोपमा गोकोर्णेश्वर नगरपालिका-८ माकलवारी र लुटिएका मुन्द्रा खरिद गर्ने बिकलाई ललितपुर महानगरपालिका-६ कनिवहालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ परेकी क्षेत्रीले बालबालिकाहरुलाई चकलेट/आईसक्रिम दिई आमाको साथी हुँ भनी ललाइ-फकाइ, प्रलोभनमा पार्ने र डरत्राससमेत देखाइ कानको मुन्द्रा लुटपाट गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा संगीताले २० स्थानबाट यसरी लुटपाट गरेको खुलेको छ । उनले लुटेका मुन्द्रा र रिङहरु बिकलाई बेच्ने गरेकी थिइन् । तिनै गहना बिकले आफ्नो सुन पसलबाट विनाबिल सस्तोमा बिक्री गर्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरीले संगीताको साथबाट केही नगद र एउटा मोवाइल, बिकबाट एउटा सुनको सिक्री (चुडिएको ), अन्धाजी ६१ लाल गालेको सुन, ३० हजार ५०० नगद र एउटा मोवाइल लगायत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment