Comments Add Comment

नेपाल एयरलाइन्सद्वारा ९ आन्तरिक विमानस्थलमा उडान सुरु

७ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् ।

यी बाहेक रुकुम-नेपालगन्ज-रुकुम, नेपालगन्ज-जुम्ला-नेपालगन्ज, नेपालगन्ज-बाजुरा-नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ ।

नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका

सेक्टर   उडान हुने दिन     
काठमाडौं-रुकुम-काठमाडौं

रुकुम -नेपालगंज-रुकुम

आईतवार, बिहीबार
नेपालगंज-जुम्ला-नेपालगंज आईतवार
काठमाडौं-भोजपुर-काठमाडौं सोमबार, मंगलबार, शुक्रबार
काठमाडौं -दाङ्ग-काठमाडौं सोमबार, बुधबार, शुक्रबार
काठमाडौं-फाप्लु-काठमाडौं आईतबार, मंगलबार,
काठमाडौं-थामखर्क-काठमाडौं बुधबार
नेपालगंज-बाजुरा-नेपालगंज बिहीबार
काठमाडौं-ताप्लेजुङ्ग-काठमाडौं

काठमाडौं-खानीडाँडाँ-काठमाडौं

बुधबार, शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment