Comments Add Comment

टोखामा भूमिगत गरिएको बिजुलीको तार पड्कियो

फाइल तस्वीर

७ असोज, काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको छ । तार पड्किएपछि गएरातिदेखि नै अस्पतालमा विद्युत आपूर्ति बन्द भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली रातभरि काममा खटिए पनि मर्मत गर्न सकेन । बिग्रिएको ठाउँ पत्ता लगाउन नसकेपछि आज बिहानपख प्राधिकरणको प्राविधिक टोली फर्किएको छ ।

मर्मतमा खटिएका एक प्राविधिकले अनलाइनखबरसँग भने, ‘रातभरि झरीमा ओत लाग्दै, जम्पर छुटाउँदै हेर्दै गर्‍यौं तर फल्ट पत्ता लगाउन सकेनौं । यो कुरा हामीले माथि रिपोर्टिङ गरेका छौं ।’

यो पनि पढ्नुहोस ‘बिजुली गए ऊर्जा मन्त्रालयमा फोन गर्नू’

गएराति नै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका स्थानमा पनि विद्युत आपूर्ति बन्द भएको थियो । तर ती स्थानमा भने उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने काम जारी राखेको छ । बिजुलीका तार भूमिगत गर्ने कामको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगन्जबाट गरेका थिए ।

बिजुलीको तार भूमिगत गरिएको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि पटक–पटक समस्या आउने गर्दछ । निकुञ्ज क्षेत्रमा तार भूमिगत गरेर माडी क्षेत्रमा बिजुली लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment