
फाइल तस्वीर
७ असोज, धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुग्लिनबाट काठमाडौं आउँदै गरेको एचआर ३३–९९०१ नम्बरको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
गजुरी गाउँपालिका–१ स्थित गलौंदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4