+
+
Shares

कृष्णभिरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग सुनसान (तस्वीरहरू)

सडक विभागले कृष्णभीरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ ।

दिनेश गौतम चन्द्रबहादुर आले दिनेश गौतम, चन्द्रबहादुर आले
२०८३ भदौ १५ गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णभीरमा सडक भासिएपछि काठमाडौंबाट मुग्लिनतर्फको पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ र कलंकीमा सवारी रोकिएका छन्।

१५ भदौ, काठमाडौं । नागढुंगा-मुग्लिन सडकअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि पृथ्वी राजमार्ग सुनसान बनेको छ । पृथ्वी राजमार्ग भई गुड्ने सवारी साधनको आवातजावत रोकिँदा सडकखण्डका होटल, पलसहरू छन् ।

काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै जाने गाडीहरू कलंकीमा रोकिएका छन् । राजधानीलाई देशका अन्य भाग र वाह्य बजारसँग जोड्ने मुख्य ‘लाइफलाइन’ मानिएको काठमाडौं–मुग्लिन खण्ड (पृथ्वी राजमार्ग) पूर्णरूपमा अवरुद्ध भएको छ ।

सडक विभागले मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन थालेको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार आइतबार प्राविधिक टोली पुगेर त्यस क्षेत्रको सूक्ष्म अध्ययन गर्दैछ । सोही टोलीले दिने सुझावका आधारमा सडक पुनः सुरु गर्न काम थालिने छ ।

‘एक त आफैंमा यो जटिल भूगोल भएको क्षेत्र हो,’ महानिर्देशक जैसीले भने, ‘त्यसमाथि नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्यांकनपछि मात्रै हामी निर्णय लिन्छौं ।’

यसको अर्थ अहिले तत्कालै सडक पुनः सुरु हुने सम्भावना छैन । ढुवानीको मुख्य मार्ग नै काटिएपछि काठमाडौं उपत्यकामा महँगी र अभावको समस्या हुने हो कि भन्ने त्रास उपभोक्तामा फैलिन थालेको छ ।

मुख्य सडकमार्ग बाढीले अवरुद्ध पारेका कारण काठमाडौं उपत्यकाको मुख्य तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पनि आपूर्ति व्यवस्था प्रभावित हुने देखिएको छ ।

 

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?