News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको सिद्धलेक गाउँपालिका-३ मा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
- श्रेष्ठलाई गएको साँझ साढे छ बजे स्थानीयको मकैबारीमा अचेत अवस्थामा फेला पारिएको थियो ।
- जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनाको अनुसन्धान भइरहेको छ र विस्तृत विवरण आउन बाँकी छ ।
८ साउन, काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिका ३ डोमिडाँडामा अचेत भेटिएकी एक महिलाको मृत्यु भएको छ ।
हिजो साँझ साढे ६ बजे स्थानीय मीन नारायण श्रेष्ठको मकैबारीमा अचेत अवस्थामा फेला परेकी स्थानीय कुम्भकुमारी श्रेष्ठको मृत्यु भएको हो ।
उनलाई घरमा ल्याउनासाथ मृत्यु भएको स्थानीयले बताएका छन् ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4