+
+
Shares

धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन भने निर्बाध रूपमा चल्न पाउने उल्लेख छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते २०:४०
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङ जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज रातिदेखि भोलि बिहानसम्म जिल्लाभित्र सवारी आवागमनमा पूर्ण रोक लगाएको छ।
  • आइतबार राति १० बजेदेखि साउन ४ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन चलाउन बन्देज लगाइएको छ।
  • एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधनलाई भने सो नियम लागू नहुने प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिइन्।

३ साउन, धादिङ । भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेकाले धादिङ जिल्लाभर आज रातिदेखि सोमबार बिहानसम्म सवारी आवागमन बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले साउन ३ गते बेलुका एक जरुरी सूचना जारी गर्दै आइतबार राति १० बजेदेखि साउन ४ गते बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका सबै सार्वजनिक र निजी सवारी साधन चलाउन पूर्ण रूपमा रोक लगाएको हो। 

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका सवारी साधन भने निर्बाध रूपमा चल्न पाउने उल्लेख छ।

जल तथा मौसम विज्ञान विभागले साउन ३ गते आइतबार देशका विभिन्न भागमा भारी र अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो। यसैको आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारले काठमाडौंबाट चितवन, गोरखा, धादिङ, नुवाकोट लगायतका जिल्लाहरूमा रातिको समयमा सवारी आवागमनमा उच्च जोखिम रहेको जानकारी गराएको थियो।

सोही सम्भावित जोखिमलाई मध्यनजर गर्दै आम सर्वसाधारणको जीउज्यानको सुरक्षार्थ यस जिल्लामा चल्ने तथा जिल्ला भएर चल्ने अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूको आवतजावत बन्द गरिएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?