+
+
Shares

रसुवा बाढी : धादिङमा भेटियो ६ जनाको शव

रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:२८

१० भदौ, काठमाडौं । रसुवा बाढीमा परेकाहरूमध्ये धादिङमा ६ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिका महेश दोभानमा एक महिलाको, गल्छी कै कोल्फु खोला पुलनजिकै २ जना पुरुषको, सिद्धलेश गाउँपालिका-७ स्थित त्रिशूलीकै किनारमा एक शव, बेनिघाट रोराङ गाउँपालिका बेनिघाट बजार नजिकै त्रिशूली किनारमा २ महिलाको शव फेला परेको हो।

धादिङ प्रहरीले अहिलेसम्म ७ जनाको उद्धार गरिएको जनाएको छ। उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?