News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाबाट त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका फुर्केखोला, घाटबेँसी र जरेखेत पुल बगाएको छ।
- पुल बगेपछि धादिङबेसी जाने मुख्य आवागमन टुटेको छ र फुर्केखोला आसपासका नागरिकलाई सदरमुकाम पुग्न समस्या भएको छ।
- त्रिशूलीको बहाव बढेपछि महेशदोभानबाट भेल फर्किएर गल्छी-६ को बैरेनी बजार जलमग्न बनेको छ।
१० भदौ, धादिङ । रसुवा हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका तीनवटा पुल बगाएको छ। बाढीका कारण पुलहरू भत्किएपछि सडक सञ्जाल टुटेको छ भने स्थानीयको जनजीवन प्रभावित बनेको छ।
बाढीले सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएको छ । गजुरी गाउँपालिका-२ र सिद्धलेक-६ लाई जोड्ने यो पुल बगेपछि जिल्ला सदरमुकाम धादिङबेँसी जाने मुख्य आवागमन प्रभावित भएको छ।
त्यस्तै गजुरी-५ र सिद्धलेक-७ लाई जोड्ने घाटबेँसी पुल पनि त्रिशूलीको भेलले बगाएको छ।
गजुरी-६ र सिद्धलेक-७ स्थित जरेखेत पुल पनि बाढीले बगाएको छ ।
पुलहरू बगेका कारण विशेषगरी फुर्केखोला र त्यस आसपासका नागरिकलाई सदरमुकामसम्मको यात्रा गर्न ठूलो समस्या उत्पन्न भएको छ।
त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि महेशदोभानबाट भेल फर्किएर गल्छी गाउँपालिका-६ स्थित बैरेनी बजार क्षेत्र जलमग्न बन्न पुगेको छ।
लगातारको बाढीले त्रास बढाए पनि गल्छी, जिन्टेटार, मासटार र बेनिघाट क्षेत्रका पुलहरू भने हालसम्म सुरक्षित अवस्थामा रहेको बताइएको छ। यस प्राकृतिक विपद्बाट भएको क्षतिको पूर्ण विवरण भने सङ्कलन भइरहेको छ।
प्रतिक्रिया 4