+
+
Shares

कमसेकम सत्याग्रहीको सम्मान गर्न त सिक : बाबुराम

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १७:१८

६ असोज, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारको विरोध गरेका छन् । जुम्लामा अनसरत डा. केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहेका थिए ।

हेर्नुहोस् भिडियोः

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा.केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’

२९ भदौदेखि जुम्लाको रानीचौरस्थ्ति बाबिरामष्ट मन्दिरमा १९ औं अनसन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो ।

डा. केसीले नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमित पहिचान गर्न पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने, जनताले गुणस्तरीय स्वास्थ्य उपचार पाउनुपर्ने र विगतमा सरकारले आफूसँग गरेका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?