+
+
Shares

सरकार र डा गोविन्द केसीबीचको वार्ता सहमति नजिक

दुई पक्षबीच धनगढीमा जारी वार्ता सहमति नजिक पुगेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच धनगढीमा जारी वार्ता सहमति नजिक पुगेको छ।
  • शिक्षा मन्त्रालयका अनुसार दुई पक्षबीच शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा छलफल भइरहेको छ।
  • यसअघि आइतबार अस्पताल सञ्चालन र पठनपाठन सुरु गर्ने विषयमा सहमति जुटे पनि उपकुलपति र रजिस्ट्रार हटाउने मागमा सहमति हुन बाँकी छ।

११ असार, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ।

दुई पक्षबीच धनगढीमा जारी वार्ता सहमति नजिक पुगेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यसअघि आइतबार सेती प्रादेशिक अस्पतालमा राति अबेरसम्म भएको छलफलमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित केही विषयमा सहमति भए पनि विवादित उपकुलपति र रजिस्ट्रार हटाउने विषयमा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता भएको हो ।

आइतबार यसै वर्षदेखि ३०० शय्याको आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने र यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको अध्यापन सुरु गर्ने विषयमा सहमति भइसकेको बताइएको थियो।

यीबाहेकका डा केसीका अन्य मागका विषयमा आजको वार्ता केन्द्रित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?