+
+
Shares

भारतको सहयोगमा दार्चुलामा साढे ७ करोड लागतमा विद्यालय भवन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १९:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारत सरकारको साढे ७ करोड रूपैयाँ आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।
  • भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र नगरप्रमुख बिजय सिंह धामीले संयुक्त रूपमा विद्यालय भवनको शिलान्यास गरे ।
  • यो परियोजना दार्चुलामा सञ्चालित ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना भएको भारतीय दूतावासले जनाएको छ ।

११ साउन, काठमाडौं । भारतको सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् ।

भारत सरकारको करिब साढे ७ करोड रुपैयाँको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार दार्चुलामा सञ्चालन भइरहेको ११औं उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

शिलान्यास कार्यक्रममा मेयर लगायतका वक्ताहरूले भारत सरकारको उक्त सहयोगप्रति प्रशंसा गर्दै दार्चुलाको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?