News Summary
Generated by OK AI. Editorially reviewed.- विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ।
- शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको भवन आर्थिक अभावका कारण अधुरो छ।
- भवन अधुरो हुँदा १९ जना विद्यार्थी टिनले बारिएको कोठामा पढ्न बाध्य छन् र अभिभावक चिन्तित छन्।
१० चैत, पर्वत । विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ ।
विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो ।
भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको प्रधानाध्यापक शिवानी पुनको भनाइ छ ।
विद्यार्थीलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउँदै आएको उनको गुनासो छ ।
साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रधानाध्यापक पुनको अर्को गुनासो छ ।
प्रतिक्रिया 4