+
+
Shares

बजेट अभावमा दुई कोठे विद्यालय भवन निर्माण अलपत्र

बजेट अभावमा विगत तीन वर्षदेखि निर्माणाधीन भवन अधुरो बनेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको राजविराज नगरपालिका-१२ स्थित श्री आधारभूत विद्यालय दमाबतीको दुई कोठे पक्की भवन तीन वर्षदेखि बजेट अभावमा अधुरो बनेको छ।
  • मधेश प्रदेश सरकारको समाजिक विकास इकाईले आर्थिक वर्ष २०७९/८० मा १५ लाख बजेट विनियोजित गरी भवन निर्माण सुरु गरेको थियो।
  • विद्यालयमा १ सय ८४ जना विद्यार्थी तीन जस्ताले बनेका जीर्ण कोठामा पढाइरहेका छन् र थप बजेट आवश्यक रहेको प्रधानाध्यापकले बताएका छन्।

३ वैशाख, सप्तरी । बजेट अभावमा सप्तरीको राजविराज नगरपालिका-१२ स्थित श्री आधारभूत विद्यालय दमाबतीको दुई कोठे पक्की भवन निर्माण अलपत्र परेको छ । बजेट अभावमा विगत तीन वर्षदेखि निर्माणाधीन भवन अधुरो बनेको हो ।

मधेश प्रदेश सरकार अन्तर्गत रहेका समाजिक विकास इकाई राजविराज सप्तरीबाट भवन निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विनियोजित १५ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण अलपत्र परेको हो ।

बालविकासदेखि कक्षा- ६ सम्म पढाइ हुने विद्यालयमा जस्ताले  बनेको जीर्ण ३ वटा कक्षाकोठामा सबै विद्यार्थीलाई राखेर पढाउनु परिरहेको विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

स्थानीय इन्जिनियर शैलेन्द्र यादवका अनुसार निर्माधिन अधुरो  भवन  सम्पन्न गर्न थप बजेटको व्यवस्था गर्नुपर्ने छ । उनले नगरपालिकाले पनि अधुरो भवन निर्माण सम्पन्न गर्ने दायित्व लिनुपर्ने बताए ।

नगरपालिकाले विद्यालयका लागि आवश्यक पूर्वाधार खडा गर्न नसक्नु चिन्ताको विषय भएको भाषाविद् डा. सूर्यप्रसाद यादव बताउँछन् ।

तीन वटा कोठामा हाल १ सय ८४  जना विद्यार्थी राखेर अध्ययन गराउनुपर्ने बाध्यता रहेको प्रअ यादव बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?