+
+
Shares

डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गएको छ : अस्पताल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था मधुमेह र उमेरका कारण झनै जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।
  • डा. केसीका माग सम्बोधन गर्न गएको सरकारी वार्ता टोली र उहाँबीच आइतबार छलफल भए पनि सहमति जुट्न सकेको छैन ।
  • डा. केसीले औषधि तथा स्लाइन लिन अस्वीकार गर्नुभएको छ भने चिकित्सक टोलीले उहाँको स्वास्थ्यको २४ सै घण्टा सघन अनुगमन गरिरहेको छ ।

११ साउन, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको अस्पतालले जनाएको छ ।

डा. केसी सेती प्रादेशिक अस्पतालमा छन् । बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो ।

टोलीले आइतबार डा. केसीसँग भेटेको पनि थियो । यद्यपि सहमति हुन सकेको छैन ।

अस्पतालका अनुसार, डा. केसीले सुगर बढाउने औषधि र स्लाइन लिन मानेका छैनन् ।

‘अस्पतालका चिकित्सकहरूको नेतृत्वमा गठित ४ सदस्यीय उपचार टोलीले उहाँको स्वास्थ्यको २४ सै घण्टा सघन अनुगमन गरिरहेको छ,’ अस्पतालले भनेको छ, ‘विगत लामो समयदेखि मधुमेहको समस्या तथा उमेरका कारण उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।’

यता, शिक्षा मन्त्रालय स्रोतले भने डा. केसीसँगको वार्ता सहमति नजिक पुगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?