+
+
Shares

डा. गोविन्द केसीका मागबारे धनगढीमा ६ घण्टादेखि वार्ता जारी

डा. गोविन्द केसीका मागबारे उनका प्रतिनिधि र सरकारी टोलीबीच धनगढीमा ६ घण्टादेखि वार्ता चलिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १८:११

१० साउन, धनगढी । डा. गोविन्द केसीका मागबारे उनका प्रतिनिधि र सरकारी टोलीबीच धनगढीमा ६ घण्टादेखि वार्ता चलिरहेको छ । सेती प्रादेशिक अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भइरहेको छ ।

वार्ता टोलीमा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधिसभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन् ।

डा. केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् ।

बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । टोलीले आइतबार बिहानै डा. केसीसँग भेटेको पनि थियो ।

डा. केसी भने अस्पतालको आईसीयूमा भर्ना छन् । उनले आईसीयूमै आफ्नो अनसन जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?