+
+
Shares

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ७ गते १४:४०

७ असोज, कैलाली । कैलालीमा करेन्ट लागेर बुधबार बिहान एक पुरुषको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० का २९ वर्षीय रघुवीर सिंह धामीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

खेतमा रहेको विद्युतको पोलमा हुक गरेर छोडिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।

जंगली जनावर मार्नका लागि थापिएको विद्युतीय धरापमा परेर उनको मृत्यु भएको हुन सक्ने  बिष्टले बताए । घटनाको अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?