+
+
Shares

माइतीघरमा ‘१०० डा. केसी’ को अनशन (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ असोज ६ गते १८:४८

६ असोज, काठमाडौं । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका विभिन्न माग राख्दै अनशन बसेका डा. गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

केसीको अनशनको नवौ दिनमा सोलिडारिटी फर डा. केसी अभियानले ‘१०० डा. केसी १०० मिनेट अनशन’ गरेको हो ।

प्रदर्शनमा सहभाी सबैले गोविन्द केसीको कागजको मुकुन्डो लगाई १०० मिनेटसम्म माइतीघरमा प्रदर्शन गरेका थिए ।

वर्षा भइरहेका बेला सडकमा दूरी कायम गरेर बसेका प्रदर्शनकारीले दूर दराजमा मेडिकल शिक्षा खै ?, लुटतन्त्र बन्द गर, कर्णालीमा एमबीबीएस पढाइ सुरु गर, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?