+
+
Shares

८ हजार एसएमईहरू दराज सहयात्री कार्यक्रममार्फत अनलाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १४:४७

८ असोज, काठमाडौं । साना र मध्यम आकारका उद्यमहरूलाइ (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री कार्यक्रममा सहभागी हुन ८ हजारभन्दा बढी एसएमईहरुले दर्ता गरेका थिए । ति मध्ये२१०० भन्दा बढी एसएमईहरु दराजमार्फत व्यवसाय सन्चालन गर्न सफल भएका छन् भने अरु सन्चालनमा आउने प्रक्रियामा छन्।

कार्यक्रम अन्तर्गत, दराजले चारमहिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरु सम्म निशुल्क पहुँच प्रदान गर्यो र लगभग रु ५५ लाख को आर्थीक सहायता प्रदान गरेको थियो।
यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श, र दराज युनिभर्सिटीमार्फत इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।

“सहयात्री मार्फत हामीले जति पनि सहयोग पुराउन सकेको छौँ त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन्। एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।

सहयात्री कार्यक्रमले “डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउने” दराजको मिशनलाइ पूर्ण समर्थन गर्दछ। अहिले दराजमा ६००० भन्दा बढी विक्रेताहरूको बढ्दो समुदायछ र ५ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन्। यी नयाँ विक्रेताहरू अब दराज शपउत्सवको लागि तयारी गरिरहेका छन् जसमा दराजका सबै भन्दा ठुला सेल अभियानहरु : दशैं धामाका, ११.११ र १२.१२ समावेश छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?