Comments Add Comment

कर्णालीमा थपिए ११ कोरोना संक्रमित

८ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कैदीबन्दी र स्वास्थ्यकर्मीसहित कर्णालीमा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा बिहीबार ११ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये दुईजना स्वास्थ्यकर्मी, एकजना कैदीबन्दी, दुईजना बैंकका कर्मचारी, दुईजना शिक्षक रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

नयाँ संक्रमितमध्ये सल्यान र रुकुम पश्चिमका चार/चारजना, दैलेखका दुईजना र सुर्खेतका एकजनामा संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाकाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२८७ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार प्रदेशमा थप २० जना डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म कोरोना मुक्त हुनेको संख्या २७५१ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५३० जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment