Comments Add Comment

केन्द्रीय बहिरा माविसहित २ विद्यालय सारिने

बाल संगठन परिसरमा बालमन्दिरका बालबालिका राखिने

१२ असोज, काठमाडौं । सरकारले नक्सालस्थित नेपाल बाल संगठनको परिसरका दुई विद्यालय सारेर बालमन्दिरका बालबालिका राख्ने निर्णय गरेको छ ।

हाल बाल संगठनको परिसरमा सञ्चालन भएका आदर्श आधारभूत विद्यालय र केन्द्रीय बहिरा उच्च माविलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्ने र त्यहाँका संरचना मर्मत सम्भार र नयाँ संरचना निर्माण गरेर बालमन्दिरमा रहेका बालबालिकाको आवास बनाउने निर्णय आइतबारको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल बाल संगठनसँग समन्वय गरेर ती दुई विद्यालय सार्ने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

सरकारले पुराना संरचना मर्मत सम्भार र नयाँ संरचना बनाउन १ करोड ५० लाख रुपैयाँ बाल संगठनलाई अनुदान पनि दिएको छ ।

मन्त्रिपरिषद बैठकले बाल संगठन स्वामित्वको उक्त जग्गामा बालबालिकाको आवास तथा अन्य पूर्वाधार विकासका लागि गुरुयोजना बनाउने निर्णय पनि गरेको छ । उक्त गुरुयोजना नेपाल बाल संगठनले तयार गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment