Comments Add Comment

त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियूको प्रदर्शन

१५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन गरेको छ ।

विभिन्न विद्यार्थी संगठनले गुण्डागर्दी गरेको जिकिर गर्दै अनेरास्ववियूले विश्वविद्यालय क्याम्पसदेखि उपकुलपति कार्यालयसम्म प्रदर्शन गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिविमा विभिन्न विभागमा भएका नियुक्तिप्रति असहमति राख्दै विरोध जनाउँदै आएको छ । अनेरास्ववियूले भने नेविसंघको आन्दोलनको कार्यक्रमप्रति लक्षित गर्दै भण्डाफोर र्‍यालीको नाममा प्रदर्शन गरेको हो ।

विश्वविद्यालयमा विद्यार्थी संगठनको नाममा गुण्डागर्दी शैली प्रदर्शन गरिएकाले त्यसको विरोध जनाएको अनेरास्ववियूका केन्द्रीय सदस्य मदन विष्टले जानकारी दिए । विश्वविद्यालयमा बाहिरका मानिसहरु भेला पारेर नेविसंघले प्रदर्शन गर्दै आएको उनले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment