Comments Add Comment

कोरोना संक्रमणबाट दैनिक ८ जनाको मृत्यु !

१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कडा रोग लागेर र कोरोना संक्रममितहरुको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

शनिबार थप ८ जनाको मृत्यु 

शनिबार पनि ८ जनाको मृत्यु भएको छ । इनरुवा-४, सुनसरीकी २८ वर्षीया महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको छ । कोरोना संक्रणम पुष्टि भएपछि उनी असोज ८ मा अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै बिराटनगर महानगरपालिका-३, मोरङकी ६८ वर्षीया महिलाको कोशी अस्पताल आइसोलेसन सेन्टरमा मृत्यु भएको छ । उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ६८ र ८३ वर्षीय पुरुष, ललितपुरका ६७ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष र कैलालीका ७९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment