
१९ असोज, वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका करिब १ लाख मूल्य बराबरको कपडासहित दुई वटा भारतीय नम्बरका मोटरसाइकल बरामद गरेको छ । बारा पचरौता नगरपालिका-९ स्थित सार्वजनिक सडकबाट कपडासहितको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
सोमबार बिहान खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको १ लाख ७ हजार ७ सय २५ रुपैयाँको रेडिमेड कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
कपडा ओसार्न प्रयोग गरिएका बीआर ०५ एक्स ६०३६ र बीआर ०५ भी ३१३७ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।
कपडा ल्याउने व्यक्तिहरु भने भागेको प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा र मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4