Comments Add Comment

कर्णालीमा थपिए ४८ जना कोरोना संक्रमित

फाइल तस्वीर

१९ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल प्रयोगशाला र चौरजहारी अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै २६ जना रहेका छन् । जसमा जनप्रतिनिधि, कर्मचारी र विद्यार्थी दुई/दुईजना, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यापारी एक/एकजना र अन्य कन्ट्याक्ट ट्रेसिङ रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै कालिकोटमा १० जना, दैलेखमा सातजना, सल्यान, हुम्ला, जुम्ला, रुुकम पश्चिम र अन्य प्रदेशका एक/एकजना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ८८९ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार सोमबार प्रदेशमा थप ३६ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार १४६ पुगेको छ ।

प्रदेशभर हालसम्मा ७२५ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment