
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले १५ केजी नक्कली सुन तस्करीमा संलग्नको आरोप लागेकामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले निलेश शाक्य, विजय पटेल, बहादुर सिंह कडायत, प्रशन्न श्रेष्ठ, राजु मुन्ना खान, सद्रुल अन्सारी, इल्ताफ हुसेन अन्सारी र कौशल पटेललाई थुनामा पठाउन आदेश दिएको हो । कडायत र श्रेष्ठ महानगरीय प्रहरी वृत दरबारमार्गबाट सादा पोशाकमा खटिने प्रहरी हुन् ।
विजय ताम्राकारलाई ५ लाख रुपैयाँ र श्रीनिवास उपाध्यायलाई एक लाख रुपैयाँ धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको छ । अर्का एकजना भने साधारण तारिखमा छुटेका छन् ।
गत असोज ११ गते नक्कली सुन प्रकरणमा १७ जनालाई हातहतियार तथा खरखजना, अवैध सुनचाँदी चोरी पैठारी, संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4