Comments Add Comment

अनेरास्ववियूमा महिला सहभागिता सुनिश्चित गर्न माग

२१ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुमा संगठन एकीकरणका क्रममा महिला सहभागिता सुनिश्चित नगरिएको भन्दै असन्तुष्टि देखिएको छ ।
तत्कालीन एमाले निकट अनेरास्ववियुकी सचिव आरती लामाले लिखित असन्तुष्टि पत्र बुझाउँदै जिल्ला कमिटीकै पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गरेकी छिन् । तत्कालीन एमाले र माओवादीबीच एकीकरण हुनु अगाडि दुवै विद्यार्थी संगठनको पदाधिकारीमा महिला सहभागिताको सुनिश्चितता गरिए पनि एकीकरण पछाडि भने त्यसलाई बेवास्ता गरिएको उनले बताइन् ।
‘पहिले पदाधिकारीमै महिला सहभागिता सुनिश्चित गरिएको थियो, तर अहिले जिल्लामा एकीकरण गर्न पठाइएको सर्कुलरमा समेत महिलाबारे केही उल्लेख गरिएको छैन’, उनले भनिन् ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङलाई सर्कुलर सच्याउन माग सहित लिखित पत्र दिएको उनले बताइन् । अखिलले जिल्लाको एकीकरण टुंग्याउन सर्कुलर गरेको छ । अखिलको एक जिल्लामा मात्रै महिला संयोजक छन् ।
उसोत, नेकपाको कार्यकारी निकाय सचिवालयमै एक जना पनि महिला छैनन् । तर, पार्टी एकीकरणका क्रममा भएको भन्दै निर्वाचन आयोगलाई नेकपाले महाधिवेशनबाट महिला सहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment