+
+

अमेरिकामा भण्डै ७० वर्षपछि महिलालाई मृत्युदण्ड दिइँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १३:१३
REUTERS

२ कात्तिक, काठमाडौं । अमेरिकामा सन् १९५३ पछि पहिलोपटक एक महिलालाई मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको न्याय मन्त्रालयले दिएको जानकारीअनुसार लिसा मन्टगमरी नाम गरेकी उक्त महिलाले सन् २००४ मा उक गर्भवती महिलाको हत्या गरेकी थिइन् र उनको पेट चिरेर बच्चा झिकी उक्त बच्चाको अपहरण गरेकी थिइन् । उनी मिसौरीकी बासिन्दा हुन् ।

उनलाई इन्डियानामा एक प्राणघातक सुई लगाएर आगामी डिसेम्बर ८ मा मृत्युदण्ड दिइने बताइएको छ । मन्टगमरीलाई सन् २००७ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । तर, उनका वकिलहरुले मन्टगमरीले बालककालमा धेरै पिटाइ खाएकाले त्यसको नराम्रो असर परेकाले उनी मानसिक बिरामी भएकाले उनलाई मृत्युदण्ड दिन नसक्ने भन्दै मन्टगमरीको बचाउ गरेका थिए ।

त्यस्तै आगामी डिसेम्बर महिनामा नै सन् १९९९ मा दुई युवा मन्त्रीको हत्याको आरोपमा दोषी ठहर भएका ब्र्यान्डन बर्नार्डलाई पनि मृत्युदण्ड दिइने तयारी गरिएको छ ।

अमेरिकाको डेथ पेनाल्टी इन्फरमेसन सेन्टरका अनुसार यसअघि अमेरिकामा सन् १९५३ मा अन्तिमपटक बोन्नी हेडी नामक महिलालाई मृत्युदण्ड दिइएको थियो ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मृत्युदण्ड पुनः सुरु गर्ने बताएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?