Comments Add Comment

बिराटनगरबाट मध्यरातमा समातिए ३ सट्टेबाज

३ कात्तिक, विराटनगर । बिराटनगरबाट प्रहरीले तीन जना सट्टेबाजलाई पक्राउ गरेको छ । यूएईमा जारी आईपीएल क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरिरहेको अवस्थामा बिराटनगरबाट तीन जनालाई प्रहरीले पकाउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार बिराटनगर महानगरपालिका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, ३५ वर्षीय मन्जित साह र विराटनगर–१५ का २८ वर्षीय अपजर अलीलाई पक्राउ गरिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी खेलिरहेको सूचनाका आधारमा तीनै जनालाई पुरुषोत्तमको घरबाट आइतबार राति ११ बजेतिर पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट तीनवटा मोबाइल र सट्टेबाजी खेल्दा हिसाब उल्लेख गर्न प्रयोग गरिएका तीन वटा डायरी बरामद भएको छ ।

सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनलाई व्यक्तिको अपहरण, शरीर बन्धक एवं कुटपिट गरिएको विषयमा गत असोज २५ गते नियन्त्रणमा लिइएका विराटनगर–११ का २५ वर्षीय रोनल कँडेलमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कांग्रेसको भातृ संगठन तरुण दलमा आवद्ध कँडेलमाथि सट्टेबाजीमा हारेको पैसा असुल्न सञ्जय सिंहलाई नियन्त्रणमा लिएर अपहरण गर्दै रातभर होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप छ ।

प्रहरीले तीन साताअघि पनि सट्टेबाजी खेल्ने, खेलाउने तीन जनालाई बिराटनगरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment